
सिरहा, १९ कात्तिकः सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले राससलाई जानकारी दिनुभयो ।
चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किदा उहाँहरुको मृत्यु भएको होे ।
ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको तथा दुर्घटनामा परेका दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |