Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

खानी सञ्चालनमा रोक

बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (३२ मिनेट अघि)
Post Thumbnail

बनेपा (काभ्रे), १९ कात्तिकः बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ ।

गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगबाट निस्किएको फोहोर अव्यवस्थित रूपमा थुपारिएका कारण भारी वर्षा पछि बगेर बस्तीमा पस्दा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

गत कात्तिक १२ देखि १४ गतेसम्म भएको वर्षाका कारण कात्तिक १४ गते बिहान बस्तीमा ढुङ्गा, माटो र गेग्रान पसेको थियो । उक्त घटनाबाट सेते तामाङ, पोतेबहादुर तामाङ, हर्कबहादुर तामाङ, पुष्पामाया तामाङ, जगतबहादुर तामाङ र सुमन तामाङका घर पूर्ण रूपमा क्षति भएको थियो ।

बाढीले खानेपानीको मुहान तथा पाइपलाइन र विद्युत्का पोलमा क्षति पुगेको थियो । घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोर जन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

क्षतिपूर्ति र फोहोर व्यवस्थापनको काम पूरा नभएसम्म खानी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पनि निर्देशन दिइएको छ । समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो ।

यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने निर्णय भएको छ । समितिको उक्त बैठक कात्तिक १८ गते बसेको थियो ।

  • काभ्रेपलाञ्चोक
  • बनेपा
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

    जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

  • Post Thumbnail

    प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्नुहुँदै

  • Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

  • Post Thumbnail

    प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

    Post Thumbnail

    खानी सञ्चालनमा रोक

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution