Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (२६ मिनेट अघि)
Post Thumbnail

धनकुटा, १८ कात्तिकः लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ ।

चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै बेला धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवाको व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरेको फेला परेको हो ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्यवस्तु बिक्रीका लागि राखिएको फेलापरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशिल कोइरालाले जानकारी दिनुभयो ।

लेगुवाका करिब एक दर्जन पसलमा गरिएको छड्के अनुगमनका क्रममा ४७ हजार ४४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका हुन् ।

अनुगमन टोलीले उपभोग्य मिति समाप्त भएका खाद्यान्न तथा पेय पदार्थ जफत गरी नष्ट गरेको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवामा रहेको सौगात जेरेनल किराना पसलमा अत्यधिक मात्रामा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ भेटिएको थियो ।

अनुगमन गरेका अन्य पसलमा भने नगन्य मात्रामा म्याद गुज्रेका वस्तु फेला परेका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले जानकारी दिनुभयो ।

पसलमा सामान राख्दा र बिक्री गर्दा उपभोग्य मिति जाँच गर्नुपर्ने सामान्य दायित्वसमेत पूरा नभएको अनुगमनका क्रममा देखिएको हो ।

खाद्यवस्तुको म्याद गुज्रिएको मात्र होइन, केही पसलमा मूल्यसूची नराखिएको, बिक्री बिल उपलब्ध नगराइएको र व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिएकोसमेत पाइएको थियो ।

टोलीले सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न, मूल्यसूची अनिवार्य राख्न र प्रत्येक कारोबारमा बिल उपलब्ध गराउन निर्देशन दिएको छ ।

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री नगर्न र आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सम्बन्धित पसल सञ्चालकलाई सचेत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायतका निकायको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

चाडपर्वका बेला उपभोग्य वस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्ता ठगीमा नपरुन्, गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्री वितरण रोकियोस् र बजारमा स्वच्छता कायम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको टोलीले जनाएको छ ।

  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

  • उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

    उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

  • Post Thumbnail

    अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा

  • Post Thumbnail

    ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    Post Thumbnail

    लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

    इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    Post Thumbnail

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution