
काठमाडौँ, १७ कात्तिकः काठमाडौँ स्पोट्र्स एकेडेमी तथा काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा ‘केएसए काठमाडौँ वडा १६ राष्ट्रिय ¥यापिड बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ ।
नेपाल बुद्धिचाल महासङ्घका पूर्वउपाध्यक्ष नारायणदास गमालको संयोजनमा आजदेखि उक्त प्रतियोगिता सुरु भएको हो । आज भएको पाँच चरणको खेलमा रुपेश जैसवाल र आशिस फुँयाल पाँच अङ्कसहित शीर्ष स्थानामा हुनुहुन्छ ।
जैसवालले पाँचौँ चरणको खेलमा धादिङका शुभासकुमार गुरुङलाई पराजित गर्नुभएको थियो भने फुँयालले ललितपुरका सरोज महर्जनलाई हराउनुभयो । यस्तै, पुरुषोत्तम सिलवाल, अभिक शाह र बद्रिलाल नेपाली समान चार दशमलव पाँच अङ्क सहित दोस्रो स्थानमा हुनुहुन्छ ।
जम्मा १२३ राष्ट्रिय खेलाडीको सहभागिता रहेको दुईदिने प्रतियोगिताका विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा महिलातर्फ उत्कृष्ट दश जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता काठमाडौँ महानगरपालिका–१६ की अध्यक्ष रोजिना श्रेष्ठ र एकेडेमीका अध्यक्ष नारायणदास गमालले उद्घाटन गर्नुभयो ।
नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले बुद्धिचाल प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरमा लैजानका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |