
काठमाडौँ, १७ कात्तिकः चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । आज सम्पन्न खेलमा थाइल्याण्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
खेलमा थाइल्याण्डले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले नौ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा साना प्रवीनले १५, टीका साहले अविजित १२ र कप्तान सोनी पाख्रिनले पाँच रन जोडिन् ।
त्यसअघि पहिला ‘ब्याटिङ’ गरेको थाइल्याण्ड १४ दशमलव तीन ‘ओभर’मा ‘अलआउट’ भयो । उसका कुनै पनि ‘ब्याटर’ले दोहोरो अङ्कमा ‘रन’ बनाउन सकेनन् ।
थाइल्याण्डलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका लागि ‘बलिङ’तर्फ मनिषा उपाध्याय, टीका साह, रिया शर्मा र रचना चौधरीले दुई–दुई तथा अनु कडायतले एक ‘विकेट’ लिइन् ।
प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |