
काठमाडौँ, १७ कात्तिकः गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो ।
पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाए । यस्तै, डार्सी सर्टले १३ रन जोडे ।
बलिङतर्फ पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । पोखराका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |