
हेटौँडा, १७ कात्तिक: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताउनुभएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थपेर सेवा प्रवाहलाई सहज बनाइने बताउनुभयो ।
उहाँले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायत निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |