
भद्रपुर (झापा), १७ कात्तिकः मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो । महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा रु एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा रु चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |