Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

कृषियोग्ज जमिनमा सिँचाइ

दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), १७ कात्तिकः दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ ।

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल तीन वटा इन्टेकमार्फत सिँचाइ सेवा प¥याउँदै आएको छ । सोही परियोजनालाई हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार २०५५ देखि सुरु भएको यस परियोजनाको पहिलो चरणका निर्माण कार्यहरू कुवेत फण्डअन्तर्गत विसं २०६४ मा सम्पन्न भए तापनि सिञ्चित क्षेत्रको आधुनिकीकरण, विस्तार र बचावटका कार्यहरू भइरहेका छन् ।

गएको आर्थिक वर्ष २०८२/०८३ मा आयोजनाअन्तर्गत नहर निर्माण, सिञ्चित क्षेत्र बचावट तथा तटबन्ध निर्माणका कामहरू भएका छन् । यस अवधिमा मौरीघाट शाखा नहरअन्तर्गत ४२२ मिटर बारीकुलो र बाराखुट्टी शाखा नहरअन्तर्गत ३६६ मिटर वीरघाट कुलो निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यसैगरी, केरोनिया गाउँ क्षेत्रको मानव बस्ती र खेतीयोग्य जमिन जोगाउन ६४४ मिटर तटबन्ध निर्माण गरिएको छ भने लमही नगरपालिका–२ रनियापुर क्षेत्रमा २८८ मिटर तटबन्ध निर्माण सम्पन्न भएको सूचना अधिकारी वलीले बताउनुभयो ।

त्यस्तै, प्रगन्ना सिँचाइ प्रणाली विस्तारतर्फ लमही नगरपालिकाका विभिन्न वडामा पर्ने सतपेरिया क्षेत्रको एक हजार २०८ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने पूर्वतयारीका कार्यहरू पूरा भएका छन् ।

गुरुयोजनाअनुसार काम अघि बढ्दै

आयोजना न्तर्गत सिञ्चित क्षेत्र संरक्षण तथा नहर सुधारका लागि आव २०७२÷०७३ देखि गुरुयोजनाअनुसार काम भइरहेको छ । वार्षिक बजेटको अधिनमा रही ठेक्का आह्वान गरेर निर्माण कार्यहरू गरिँदै आइएको छ । प्रगन्नातर्फ सम्झौता गरिएका कूल १८ वटा मुख्य ठेक्काहरूमध्ये १७ वटा ठेक्काहरू पूर्ण रूपमा सम्पन्न भइसकेको आयोजनाका लेखा अधिकृत नवराज वलीले बताउनुभयो । सम्पन्न भएका ठेक्काअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न चेनेजहरूमा तटबन्ध निर्माण, मौरीघाट, बाराखुट्टी तथा भिप्रिया कुलोहरूको नहर, लाइनिङ, रसिनियापुर, भानपुर र अगैयापुरलगायतका गाउँ बचावटका कार्य रहेका छन् ।

त्यस्तै हाल लमही नगरपालिका–२ रसिनियापुर क्षेत्रको सिञ्चित क्षेत्र बचावटका लागि लगाइएको ठेक्काको काम भने जारी छ । करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

प्रयोगशाला निर्माण

आयोजनाअन्तर्गत सञ्चालन हुने निर्माण कार्यहरूको गुणस्तर कायम गर्न विगतदेखि नै आफ्नै प्रयोगशाला स्थापना गरी सञ्चालन गरिँदै आइएको छ । यस प्रयोगशालामार्फत आव २०७८÷०७९ देखि ग्याबियन तार, फिल्ड डेन्सिटी तथा कङ्क्रिटका विभिन्न गुणस्तर परीक्षणहरू गर्ने व्यवस्था मिलाइएको छ । प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि गत आव २०८१÷०८२ मा नयाँ भवन निर्माण गर्नुका साथै थप नयाँ उपकरण खरिद गरिएको सूचना अधिकारी वलीले बताउनुभयो ।

यस प्रयोगशालाको स्थापनापछि आयोजनाका निर्माण कार्यका साथै सोही क्षेत्रमा रहेका अन्य निकाय, स्थानीय तहहरू तथा निर्माण व्यवसायीलाई निर्माण सामग्रीको गुणस्तर परीक्षण सेवा प्राप्त गर्न सहज भएको छ ।

  • तुलसीपुर
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    छठअघि सिर्सिया नदी सफाइ अभियान

  • Post Thumbnail

    बर्सातले फूलखेतीमा क्षति

  • मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

  • Post Thumbnail

    रुपन्देहीमा निःशुल्क योग साधना अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    Post Thumbnail

    रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

    Post Thumbnail

    सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

    Post Thumbnail

    कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution