Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

रूपन्देही, १७ कात्तिकः पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ ।

शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन् ।

गङ्गा कार्कीले झन्डै दुई वर्षअघि सुरु गर्नुभएको निःशुल्क योग साधना अभियान अहिले रुपन्देहीका दर्जनभन्दा बढी स्थानमा विस्तार भएको छ । बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनीलगायत क्षेत्रमा विभिन्न समयमा योग तथा ध्यानका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

व्यस्त दैनिकी, असन्तुलित खानपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीका कारण देखिने स्वास्थ्य समस्याप्रति सचेत गराउँदै नियमित योग अभ्यास गर्ने बानीको विकास गर्न अभियान सञ्चालन गरिएको कार्कीले बताउनुभयो ।

अभियानमा सहभागी हुनेहरूमा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकसमेत रहेका छन् । नियमित योग अभ्यासले शरीरलाई सक्रिय बनाउनुका साथै मानसिक शान्ति, सकारात्मक सोच र अनुशासित जीवनशैली विकास गर्न सहयोग पुगेको सहभागीहरूको अनुभव छ ।

ओमसतिया गाउँपालिका–४ की ज्योति जिसी नियमित योग अभ्यासबाट आफ्नो स्वास्थ्य र दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ । पहिले शरीर दुख्ने र थकान महसुस हुने समस्या रहेकामा नियमित योग गर्न थालेपछि शरीर हलुका र सहज महसुस हुन थालेको उहाँको अनुभव छ । चिकित्सकको सल्लाहअनुसार सुगर तथा थाइराइडसम्बन्धी औषधिको मात्रा घटेको उहाँले बताउनुभयो ।

योग तथा ध्यानले मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विपश्यना गुरु गङ्गाप्रसाद कोइरालाले बताउनुभयो । नियमित योग र विपश्यना साधनाले मानिसलाई शान्त, सकारात्मक सोचयुक्त र सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने उहाँको भनाइ छ ।

विपश्यना अभ्यासले व्यक्तिमा आत्मअनुशासन, धैर्य, संयम र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो । मानसिक तनाव व्यवस्थापन र जीवनप्रतिको दृष्टिकोण सकारात्मक बनाउन ध्यान साधना उपयोगी हुने उहाँको धारणा छ ।

भैरहवास्थित नथुमल गिनिया देवी ट्रस्टको भवनमा समेत निःशुल्क विपश्यना साधना सञ्चालन हुँदै आएको स्थानीय सन्तोष रायमाझीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने योग तथा ध्यानका कार्यक्रममा हालसम्म दुई हजारभन्दा बढी व्यक्ति जोडिएको उहाँको भनाइ छ ।

योग तथा ध्यान अभियानमा सहभागीहरू व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउने अभ्याससँगै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुन थालेका छन् । सामूहिक रूपमा सञ्चालन हुने यस्ता कार्यक्रमले समुदायका मानिसबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकताको भावना विकास गर्नसमेत सहयोग पु¥याएको सहभागीहरू बताउँछन् ।

स्वस्थ समाज निर्माणका लागि नियमित शारीरिक व्यायाम, सन्तुलित खानपान र मानसिक स्वास्थ्यप्रति सचेतना आवश्यक रहेको अभियानमा संलग्नहरूको भनाइ छ । स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायको सहकार्यमा यस्ता निःशुल्क कार्यक्रमलाई निरन्तरता दिन सके सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैलीसँग जोड्न सकिने उनीहरूको विश्वास छ ।

  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

  • Post Thumbnail

    विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

  • Post Thumbnail

    मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

  • Post Thumbnail

    प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

    Post Thumbnail

    नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    Post Thumbnail

    रुपन्देहीमा निःशुल्क योग साधना अभियान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution