Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

बर्सातले फूलखेतीमा क्षति

यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

चितवन, १७ कात्तिकः यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।

भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउनुहुन्छ । बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन ।” दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन ।

जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिन परेको वर्षाका कारण फक्रिएर बजारमा जान नपाएका फूलहरुमा क्षति पुगेको हो । उहाँका अनुसार जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फूल फक्रिएको थियो । फक्रिएको फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । कोपिला लागेका फूलमा भने क्षति नभएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष जिल्लामा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । सो क्षेत्रफलमा प्रतिहेक्टर एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको छ । अनुमान गरेअनुसारको उत्पादनले जिल्लाको माग मात्रै नभई छिमेकी जिल्लामा पुग्ने देखिन्थ्यो । फक्रिएको फूलमा क्षति पुगेपछि अहिले बजारमा फूलको मूल्य बढ्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “बजारमा फूलको मूल्य गत वर्षको तुलनामा यस वर्ष बढ्ने देखिन्छ ।”

व्यावसायिक रुपमा फूलखेती गरेका कृषक बर्सातका कारण मारमा परेका छन् । फक्रिएको फूल कालो भएपछि बजारमा लैजान लायक नहुने उहाँले बताउनुभयो । फूलखेतीका लागि यो वर्ष मौसमले साथ नदिएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा जिल्लामा गत वर्षको तुलनामा यस वष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष ४४ हेक्टर क्षेत्रफलमा गरिएको छ ।

उहाँका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका फूलका बिरुवा रोपिएको छ । गत वर्ष जिल्लामा लगाइएको सयपत्री फूलखेतीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो । जिल्लाका सातै पालिकामा व्यावसायिक रुपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ । यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्रीखेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

थोरै जग्गामा पनि राम्रो उत्पादन दिने भएकाले यहाँका कृषक चाडपर्व लक्षित सयपत्री फूलखेतीमा अकर्षित भएका हुन् । उहाँले भन्नुभयो, “गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो ।” नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उहाँको भनाइ छ ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    छठअघि सिर्सिया नदी सफाइ अभियान

  • Post Thumbnail

    कृषियोग्ज जमिनमा सिँचाइ

  • मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

  • Post Thumbnail

    रुपन्देहीमा निःशुल्क योग साधना अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जनाघाइते

    Post Thumbnail

    सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

    Post Thumbnail

    छठअघि सिर्सिया नदी सफाइ अभियान

    Post Thumbnail

    धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution