Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

गण्डकी, १७ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उहाँले बताउनुभयो ।

तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले रु छ अर्ब २१ करोड ३१ लाख लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताउनुभयो । “पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ ।”

पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताउनुभयो । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उहाँले बताउनुभयो । “सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ”, उहाँले भन्नुभयो ।

कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताउनुभयो । “पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो”, उहाँले भन्नुभयो, “तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।” यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो । कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ । सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ । –––

  • काठमाडौँ
  • गण्डकी
  • चितवन
  • तनहुँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

  • Post Thumbnail

    असी वर्षे वृद्धको सुपारीखेती …

  • Post Thumbnail

    बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

  • Post Thumbnail

    माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप

    Post Thumbnail

    सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जनाघाइते

    Post Thumbnail

    सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

    Post Thumbnail

    छठअघि सिर्सिया नदी सफाइ अभियान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution