Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (५६ मिनेट अघि)
Post Thumbnail

बागलुङ, १७ कात्तिकः बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि प्रत्येक पुलमा रु ४० लाखका दरले बजेट विनियोजन भइसकेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ । सर्वेक्षण, डिजाइन र लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रियामा लगिनेछ ।

“चालु आवमा सबै पुलको काम एकसाथ सुरु गर्ने तयारी छ । लागतअनुसार क्रमशः दुईदेखि तीन वर्षभित्र सबै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, मन्त्री शेरचनले भन्नुभयो, “प्रदेश सरकारले ४० मिटरसम्म लम्बाइ र रु चार करोड अधिकतमसम्म लागतका पुल निर्माण गर्नेे नीतिअनुसार साना खोलामा बेलिब्रिज निर्माण गर्दा छिटो र सहज हुनेछ ।”

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रस्तावित बेलिब्रिज निर्माण भएपछि जिल्लाका अधिकांश ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुनेछ । अहिले पुल निर्माणस्थलको सर्वेक्षण भइरहेको र त्यसपछि डिजाइन तथा लागत अनुमानसहित ठेक्का प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच वटा बेलिब्रिज निर्माण गरिनेछ । गाउँपालिकाको सीप–छ्यारछ्यारे झिमाघाट, धर्तीचोक, घर्तीथोक–चैते जाने घाट, तालघाट र बुदारनाथमा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको छ ।

यस्तै, ढोरपाटन नगरपालिकामा छेन्तुङ जोड्ने, चित्रेघाट, दावाल खोला र लाकुरीबोटमा बेलिब्रिज निर्माण गर्ने योजना छ । जैमिनी नगरपालिकाको थामथारा ठूलोखोला र काठेखोला गाउँपालिकाको काठेखोला–दोबिल्ला चनौटेघाट, लेखानी दोबिल्लाखोला तथा कादेशखोलामा पुल निर्माण गरिनेछ ।

गलकोट नगरपालिकाको मासबार, तमानखोला गाउँपालिकाको उपल्लो बोङ्गादोभानघाट र बडिगाड गाउँपालिकाको जोतीखोलामा पनि बेलिब्रिज निर्माण गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पुल निर्माण भएपछि खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या कम हुनुका साथै ग्रामीण क्षेत्रका बासिन्दालाई वर्षैभरि यातायात सेवा उपयोग गर्न सहज हुनेछ ।

  • बागलुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

  • Post Thumbnail

    नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

  • सालका रुख अवैध रुपमा कटान

    सालका रुख अवैध रुपमा कटान

  • Post Thumbnail

    सूचना पहुँच र संस्कृति संरक्षणमा चेपाङ रेडियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको जिम्मेवार भूमिका आवश्यक

    Post Thumbnail

    लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

    Post Thumbnail

    बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

    Post Thumbnail

    शुक्लागण्डकीमा अजिङ्गर भेटियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution