Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

असी वर्षे वृद्धको सुपारीखेती …

उमेरले ८० वर्ष पुग्नुभएका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उहाँ बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउनुहुन्छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (५१ मिनेट अघि)
Post Thumbnail

सुनसरी, १७ कात्तिकः उमेरले ८० वर्ष पुग्नुभएका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उहाँ बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउनुहुन्छ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उहाँको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आउनुभएका कार्कीले १५ वर्षअघि रहरले सुरु गर्नुभएको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।

पुख्र्यौली घर तेह्रथुम भए पनि उहाँको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उहाँले धरानमा प्रवेशिकासम्मको अध्ययन गर्नुभएको थियो । “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेतीकिसानी गरियो, धान, मकै लगाइयो”, कार्कीले भन्नुभयो ।

झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि रहर जागेको उहाँले बताउनुभयो । “त्यहाँ काकाको सुपारी खेती देखे । अन्य किसानले गरेको खेती देखेर प्रेरित भए”, उहाँले भन्नुभयो । आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ । चार, पाँच वर्षपछि फल्न थाल्यो । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरेँ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उहाँको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बिरुवाबाट हाल उहाँले वार्षिक रु एक लाखभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आउनु भएको छ ।

“यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ । रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ”, उहाँले भन्नुभयो । सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन । पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उहाँ बताउनुहुन्छ । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उहाँको भनाइ छ ।

हरेक वर्ष व्यापारी आफँै बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी रु ७० का दरले थोरैथोरै बिक्री गर्छु । “प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्”, उहाँले भन्नुभयो ।

सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उहाँको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उहाँ बताउनुहुन्छ । चुन र मललगायत खेतीमा वार्षिक करिब रु २० हजार खर्च हुने गरेको कार्कीले बताउनुभयो ।

धान र मकैखेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ । “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन । सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राख्नुभएको छ । बाँकी काम भने उहाँ आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्नुहुन्छ । सुपारी खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिनुहुन्छ ।

“व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन”, उहाँले भन्नुभयो । कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ । सुपारीखेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उहाँको भनाइ छ । “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उहाँले भन्नुभयो ।

  • झापा
  • तेह्रथुम
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

  • Post Thumbnail

    माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

  • Post Thumbnail

    नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

  • सालका रुख अवैध रुपमा कटान

    सालका रुख अवैध रुपमा कटान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

    Post Thumbnail

    प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

    Post Thumbnail

    असी वर्षे वृद्धको सुपारीखेती …

    Post Thumbnail

    कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution