Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बुटवल

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

बुटवल, १७ कात्तिकः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गर्नुभयो । उहाँले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पार्नुभयो । विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्नसके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको महासचिव पोखरेलको भनाइ थियो । ––– १३– कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न राष्ट्रिय समाचार समिति (रासस)

कर्णाली, १७ कात्तिकः वित्तीय सङ्घीयताको कार्यान्वयन, बजेट सुशासन, चुस्त प्रशासन, अन्तर प्रदेश सहकार्य र सङ्घीयता सुदृढीकरणका लागि १९ बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उद्घाटन गर्नुभएको सो बैठक सोमबार सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न भएको हो । सङ्घीय सरकारसमक्ष उठाउनुपर्ने साझा धारणा, अन्तर प्रदेश सहकारी र साझेदारी, सङ्घीयता सुदृढीकरणका लागि साझा प्रतिबद्धतालगायत विविध त्यसमा समेटिएको छ ।

यस्तै, प्रतिबद्धतामा वित्तीय समानीकरण अनुदानको संवैधानिक सुनश्चितता, साना आयोजनामा सङ्घीय हस्तक्षेपको अन्त्य, राजस्व र प्राकृतिक स्रोतको रोयल्टीको पुनरावलोकन, सवारी तथा ट्राफिक राजस्वको हस्तान्तरण, सवारी परीक्षण केन्द्रको अधिकारका विषय छन् ।

दोहोरो संरचना खारेजी र हस्तान्तरित आयोजनामा बजेट, प्रशासनिक तथा कानुनी अड्चन फुकुवा, वैदेशिक सहायता र ऋण प्रक्रियामा सरलीकरण, वित्त आयोगको सूत्र परिमार्जन र वित्तीय सङ्घीयतासम्बन्धी कानुनको समसामयिक परिमार्जन रहेका छन् ।

सार्वजनिक वित्तीय व्यवस्थापन र पूर्वबजेट परामर्श, स्थानीय तहसँगको सम्बन्ध, प्रादेशिक संरचनाको चुस्तता र बजेट अनुशासन, आन्तरिक राजस्व वृद्धि र अन्तनिर्भरता, सुशासन र पारदर्शी सेवा प्रवाह र एकताबद्ध साझा प्रादेशिक आवाज उक्त प्रतिबद्धता पत्रमा समेटिएको छ ।

बैठकबाट प्रदेशको आर्थिक अधिकारसम्बन्धी विषयको प्रभावकारी सम्बोधनका लागि सङ्घीय सरकार र स्थानीय तहहरुसँग संवाद, पैरवी र समन्वयलाई थप प्रभावकारी बनाउने लैजाने निर्णय गर्दै प्रदेश सरकार स्थापना भई सञ्चालनमा आएपश्चात् हालसम्म आर्थिकलगायत अन्य क्षेत्रमा हासिल गरेका उपलब्धिको विवरण समावेश गरिएको छ ।

कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरु क्रमशः विदुरकुमार लिङ्थेप, युवराज भट्टराई, सरल सहयात्री पौडेल, इन्द्रजीत थारुले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

बैठकमा ‘फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर’का अध्यक्ष डा खिमलाल देवकोटाले वित्तीय सङ्घीयता सुदृढीकरणका लागि अन्तर तह समन्वय तथा तहगत भूमिका, प्रदेशले गरेका असल अभ्यास, कार्यान्वयनको अवस्था, देखिएका समस्या, चुनौती, आगामी कार्यदिशा र अनुभवसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधान, सङ्घीयता, वित्तीय एवं प्रशासनिक सङ्घीयता कार्यान्वयनमा आएका समस्या, देखिएका चुनौती र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस आवश्यक भएको बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनपश्चात् नागरिकले स्थानीय तह र प्रदेश सरकारसँग नै आफ्नो माग, समस्या र आवश्यकताका विषय राख्न थालेको भन्दै उहाँले सङ्घीयता सुदृढीकरण हुन सकेमात्र प्रदेश सरकार बलियो हुने र त्यसबाट नागरिकका अपेक्षा पूरा हुने जनाउनुभयो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीद्वय जीतबहादुर शेरचन र चक्रबहादुर मल्लबाहेक कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्री र कर्णाली प्रदेश सरकार प्रमुख सचिव राधिका अर्याल सहभागी हुनुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला सचिव बलराज रिज्यालबाहेक छ प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिवहरु क्रमशः कोशहरि निरौला(कोशी), सेवन्तक पोखरेल (मधेस), नारायणप्रसाद मैनाली (बागमती, डा टोकराज पाण्डे(गण्डकी), नि प्रदेश सचिव नारायणप्रसाद पौडेल(लुम्बिनी) र लीलाप्रसाद शर्मा (कर्णाली)को सहभागिता थियो ।

  • बुटवल
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    जुम्लामा जागरण अभियान सुरु

  • Post Thumbnail

    सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री थापा

  • नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

  • राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

    राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

    Post Thumbnail

    मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

    Post Thumbnail

    प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

    Post Thumbnail

    असी वर्षे वृद्धको सुपारीखेती …

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution