
बागमती, १६ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा आज हेटौँडामा आयोजित मुख्यमन्त्री तथा मन्त्रीको सम्मान एवं छलफल कार्यक्रममा उहाँले राज्यको समुन्नतिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताउनुयो ।
बागमती प्रदेश सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश भएको उल्लेख गर्दै उहाँले उद्योग क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उद्योगी व्यवसायीले बैंकको उच्च ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हडताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधलगायत समस्या भोग्नुपरेको बताएका थिए । उहाँले यी समस्याका बाबजुद पनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहनुु प्रशंसायोग्य भएको बताउनुभयो ।
उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले प्रदेश सरकार करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |