
दमौली (तनहुँ), १७ कात्तिकः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ ।
स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो । रानाको घरको धुरीमा अजिङ्गर रहेको खबर इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ कोत्रे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
यस्तै, डिभिजन वन कार्यालय तनहुँबाट सशस्त्र वनरक्षकसहितको टोली उद्धारका लागि खटिएको थियो । प्रहरी र वन कार्यालयको संयुक्त टोलीले घरको धुरीमा रहेको अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उद्धार गरिएको अजिङ्गर करिब दुई दशमलव पाँच मिटर लामो र १८ किलोग्राम तौलको रहेको प्रहरीले जनाएको छ । उद्धारपछि अजिङ्गरलाई आवश्यक व्यवस्थापनका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |