Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मुख्यमन्त्री थापाद्वारा नेपाल रेडक्रस केन्द्रीय कार्यालयको भ्रमण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर् याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा नेपाल रेडक्रसबाटै सुरु भएको स्मरण गर्नुभयो ।

आफू नेपाल रेडक्रसको एशस्कर सदस्य रही मानवीय सेवामा संलग्न हुँदा नेत्तृत्व विकास, जन सम्पर्क, प्राथमिक उपचार, प्रकोप व्यवस्थापनसम्बन्धी सीप जीवनमा निकै उपयोगी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि व्यक्तिगत तथा बागमती प्रदेश सरकारका तर्फबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले मुख्यमन्त्री थापालाई स्वागत गर्नुभएको थियो । सो अवसरमा विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापना र मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रसले गरिरहेका कार्यबारे छलफल भएको थियो । मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनःस्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गरिनेछ ।

यसअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता र मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारका लागि निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराउने योजना समेटिएको छ ।

नेपाल रेडक्रसका अध्यक्ष डा.विशालकुमार भण्डारीले नेपाल रेडक्रसले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्दै कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपाल रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकार बिचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नभएको थियो ।

मुख्यमन्त्रीको भ्रमण पश्चात् नेपाल रेडक्रस, प्रदेश सरकार र स्थानीय तह बिचको समन्वय तथा सहकार्यले विपद् प्रभावित समुदायको आवश्यकता सम्बोधन, पुनर्लाभ र दीर्घकालीन पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दुलेगौँडा-हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

  • Post Thumbnail

    सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

  • Post Thumbnail

    कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

  • परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    Popular_themes_inspire_huge_wins_with_Great_Slots_and_bonus_features_galore

    Post Thumbnail

    दुलेगौँडा-हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

    Post Thumbnail

    सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

    Post Thumbnail

    बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution