Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

चीनको विकास अनुभवबाट नेपालले सिक्नुपर्नेमा नेताहरूको जोड

विभिन्न राजनीतिक दलका नेताहरूले चीनको विकास अनुभवबाट नेपालले स्थिरता, नीतिगत निरन्तरता, सुशासन र आर्थिक विकासका क्षेत्रमा भएका सकारात्मक कामबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
रासस १२२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १६ कात्तिकः विभिन्न राजनीतिक दलका नेताहरूले चीनको विकास अनुभवबाट नेपालले स्थिरता, नीतिगत निरन्तरता, सुशासन र आर्थिक विकासका क्षेत्रमा भएका सकारात्मक कामबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

नेपाल–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक र नेपाल-चीन सम्बन्धमा यसको प्रभाव’ विषयक गोष्ठीमा उहाँहरूले चीनको दीर्घकालीन विकास योजना र शासन सञ्चालनको अभ्यास नेपालको सन्दर्भमा पनि उपयोगी हुने धारणा राख्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता क्रान्तिशिखा धितालले नेपाल-चीन सहकार्यलाई व्यापार, पर्यटन, प्रविधि र अनुसन्धानका क्षेत्रमा विस्तार गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीले राजनीतिक स्थिरता, नीतिगत निरन्तरता र भ्रष्टाचार नियन्त्रणलाई विकासको आधार बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले चीनले नवप्रवर्तन, गुणस्तरीय विकास, आन्तरिक उपभोग र हरित विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालले पनि विकासका राष्ट्रिय प्राथमिकतामा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, पार्टीको आन्तरिक सुधार र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउँदै नेपाल-चीन सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खुश्बु ओलीले आर्थिक आधुनिकीकरणसँगै नेपालको सांस्कृतिक पहिचान र सभ्यतागत मूल्यको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

चीनको बेइजिङमा सन् २०२६ अक्टोबर २६ देखि २९ सम्म सम्पन्न उक्त पूर्ण बैठकमा पार्टीको आत्मशासनलाई पूर्ण तथा कठोर बनाउने विषयसम्बन्धी दस्तावेज र राजनीतिक ब्युरोको कार्य प्रतिवेदनमाथि छलफल भएको थियो ।

पूर्ण बैठक सम्पन्न भएलगत्तै त्यसका आधिकारिक निष्कर्षको समीक्षा, तिनको महत्त्वको मूल्याङ्कन तथा नेपाल-चीनबीच व्यापार, सम्पर्क सञ्जाल, लगानी, पर्यटन, शिक्षा र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा सहकार्यको सम्भावित प्रभावबारे छलफल गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै फ्रेन्ड्स अफ सिल्क रोड क्लब, नेपालका वरिष्ठ सल्लाहकार तथा श्रीलङ्काका लागि नेपालका पूर्वराजदूत वासुदेव मिश्रले गोष्ठीलाई अध्ययन र संवादको मञ्चका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “यो अध्ययन र संवादका लागि आयोजना गरिएको गोष्ठी हो ।”

नेपालसँग आफ्नै संविधान, लोकतान्त्रिक प्रणाली र स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै उहाँले ती विषय नै छलफलका आधार भएको बताउनुभयो । नेपाल र चीनबीच सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ऊर्जा, व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

  • Post Thumbnail

    निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

  • Post Thumbnail

    सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

  • Post Thumbnail

    नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

    Post Thumbnail

    फरार प्रतिवादी पक्राउ

    Post Thumbnail

    संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

    उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

    उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution