Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (१ दिन अघि)
Post Thumbnail

ललितपुर, १८ कात्तिकः नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्नुहुँदै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रको अवस्था मापन गर्ने महत्वपूर्ण आधार स्वतन्त्र प्रेस रहेको उल्लेख गर्दै पत्रकार स्वयं असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताउनुभयो ।

“पत्रकारले कुनै राजनीतिक दल वा शक्तिको दबाबबिना सत्यतथ्य सार्वजनिक गर्न सक्ने वातावरण निर्माण हुनुपर्छ, कुनै पनि देशमा लोकतन्त्र छ वा छैन भन्ने कुराको सबैभन्दा बलियो आधार त्यहाँको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् कि पाउँदैनन् भन्ने हो”, वरिष्ठ उपसभापति शर्माले भन्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैका गतिविधिलाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसको १५औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा सार्वजनिक भइरहेका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको बताउनुुभयो ।

पार्टी विधानको दफा १७ को उपदफा २ अनुसार महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसपछि निर्वाचन आयोगले पार्टीको अभिलेख अद्यावधिक गरेको वरिष्ठ उपसभापति शर्माले बताउनुभयो । यस विषयमा सम्मानित अदालतमा समेत बहस भई २०८३ वैशाख ४ गते फैसला आएको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगको निर्णय र अदालतको आदेशमाथि प्रश्न उठाउने गरी भइरहेका प्रचारप्रति आपत्ति जनाउनुभयो ।

वरिष्ठ उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न भएको र निर्वाचन प्रक्रिया एकै रातमा पूरा भएको उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन नसकेका तथा बाहिर रहेका नेता कार्यकर्तालाई समेत समेटेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

सरकारले आफ्नो प्राथमिकता विपद्पछिको पुनर्निर्माण, पुनःस्थापना र प्रभावित नागरिकको राहतमा केन्द्रित गर्नुपर्ने वरिष्ठ उपसभापति शर्माले बताउनुभयो । विपद्बाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकलाई राहत, पुनःस्थापना र आवासको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारको ध्यान अन्य विषयमा केन्द्रित भएकोप्रति प्रश्न उठाउनुभयो । उहाँले कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै वर्तमान सरकारलाई पाँच वर्षसम्म निरन्तर काम गर्न दिनुपर्ने पक्षमा पार्टी रहेको बताउनुभयो ।

“हामी सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्छ भन्ने पक्षमा छौँ । तर सरकारको प्राथमिकता कहाँ छ भन्ने प्रश्न पनि उठाउँछौँ,” वरिष्ठ उपसभापति शर्माले भन्नुभयो । सरकारको नीति तथा कार्यक्रम तथा राष्ट्रिय महत्त्वका विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

पार्टी सभापति गगनकुमार थापासँग जोडिएका सार्वजनिक अभिव्यक्ति, श्रव्य सामग्री तथा विभिन्न आरोपका विषयमा कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ । पार्टीले ती विषयमा उठेका प्रश्नलाई बेवास्ता नगर्ने स्पष्ट पार्दै स्वतन्त्र, निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

पार्टीको नेतृत्वमाथि लागेका आरोप तथा सार्वजनिक भइरहेका सामग्रीको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गर्दै वरिष्ठ उपसभापति शर्माले कांग्रेस कुनै पनि प्रकारको अनुसन्धानको सामना गर्न तयार रहेको बताउनुभयो । “नेपाली कांग्रेस पार्टी आफ्नो नेतृत्वका बारेमा उठाइने प्रत्येक प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिन गर्न तयार छ । हामी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धानको पक्षमा छौँ”, उहाँले भन्नुभयो ।

कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता, राज्यका संस्थाहरूको सुदृढीकरण र विधिको शासनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । सरकारले कुनै पनि व्यक्ति वा संस्थामाथि अनुसन्धान तथा कारबाही गर्दा पर्याप्त तथ्य, प्रमाण र कानुनी आधार स्पष्ट पार्नुपर्ने वरिष्ठ उपसभापति शर्माको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र कानुनी शासन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल, सरकारी निकाय र राज्यका अन्य संस्थाले पनि कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपसभापति शर्माले कांग्रेसले सरकारका कामकारबाहीमाथि संसदीय तथा राजनीतिक निगरानी जारी राख्ने र गलत गतिविधिका विषयमा आवाज उठाउने स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा उहाँले सञ्चारकर्मीलाई सत्तापक्ष र प्रतिपक्ष दुवैसँग समान रूपमा प्रश्न गर्न, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा प्रेस स्वतन्त्रताको रक्षामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

  • निर्वाचन आयोग
  • नेपाली कांग्रेस
  • ललितपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

    प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

  • Post Thumbnail

    निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

  • मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

  • सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

    Post Thumbnail

    डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

    Post Thumbnail

    एनपिएलः क्यानडाका सिंह पोखरा एभेन्जर्समा अनुबन्धित

    Post Thumbnail

    भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution