
रौतहट, १६ कात्तिक : प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो । स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका क्रममा सीमा नजिक रहेको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेको दासको मोटरसाइकलको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको व्यक्ति, बरामद गरिएको रकम तथा सवारीसाधनका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |