Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्रीवितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, १६ कात्तिक : पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्रीवितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ । व्यवसायी सङ्घ कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी काठ तथा दाउराको सङ्कलन, बिक्री वितरण र ओसारपसारमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन प्रदेश सरकारसँग माग गरेको हो ।

सङ्घले यसअघि पटकपटक व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलनमार्फत पुनः आग्रह गर्नुपरेको जनाएको छ । अध्यक्ष प्रकाशबहादुर खड्काले प्रदेश सरकारले केही वनमा देखिएको समस्या र अनियमितताको छानबिनका नाममा जिल्लाभरिका वन पैदावारको कारोबार रोक्नु न्यायोचित नभएको बताउनुभयो ।

उहाँले प्रतिबन्धका कारण काठ व्यवसायमा आश्रित परिवार, मिल सञ्चालक, फर्निचर व्यवसायी, अन्य व्यवसायी तथा उपभोक्तासमेत प्रभावित भएको बताउनुभयो । लामो समयसम्म काठ बिक्री वितरण रोकिँदा व्यवसायीले बैंकको ब्याज तथा किस्ता तिर्न नसक्ने अवस्था आएको, काठको गुणस्तरमा ह्रास आउने जोखिम बढेको र राज्यले प्राप्त गर्ने २५ प्रतिशत राजस्वसमेत गुमिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

“व्यसायी उपभोक्ता त मारमा छौँ नै, नियमानुसार लिलाम प्रक्रियामा गएका र राजस्व जम्मा भइसकेका काठ दाउरासमेत प्रतिबन्ध गर्दा प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने कूल राजस्वको २५ प्रतिशत गुम्ने समस्या छ । थप समय लिँदा काठदाउराको हैसियत बिग्रिएर ठूलो नोक्सानी हुनेतर्फ सचेत गराउँछौँ”, अध्यक्ष खडकाले भन्नुभयो, “सुदूरपश्चिमका अन्य आठ जिल्लामा काठ खुला छ, तर कैलालीमा मात्रै करिब पाँच महिनादेखि काठ बिक्री वितरण बन्द गरेर समस्या पारिएको छ । यसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौँ ।”

अझै प्रतिबन्ध कायम राखिएमा व्यवसायी थप आर्थिक सङ्कटमा पर्ने भन्दै सङ्घले तत्काल निकास नदिए आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । यहाँ डिभिजन वन कार्यालय धनगढीअन्तर्गतका चार र पहलमानपुरअन्तर्गतका छ सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी कारोबार गर्न लागेको भन्दै उजुरी परेपछि प्रदेश सरकारले गत असार ९ गतेदेखि काठ बिक्री वितरणमा रोक लगाएको थियो ।

सुदूरपश्चिम प्रदेशसभा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको निर्देशनपछि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिनका लागि भन्दै मातहतका कार्यालयलाई बिक्रीवितरण रोक्न निर्देशन दिएको थियो । त्यसयता जिल्लामा सङ्कलन गरी घाटगद्दीमा राखिएको र लिलामका लागि प्रक्रिया पूरा गरिएको काठसमेत बिक्री हुन सकेको छैन ।

असार १० गते मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ डिभिजनल वन अधिकृत गोकुल रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सोही महिनामा प्रतिवेदन बुझाइ सके पनि त्यसमाथि सुनुवाई भएको छैन ।

  • कैलाली
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

  • Post Thumbnail

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने

  • Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

  • ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

    सालका रुख अवैध रुपमा कटान

    सालका रुख अवैध रुपमा कटान

    Post Thumbnail

    रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

    Post Thumbnail

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution