Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

चितवनमा लङ्गुरबुर्जा नियन्त्रण अभियान

चितवनमा लङ्गुरबुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बीचको अवधिलाई लक्षितगरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), १६ कात्तिकः चितवनमा लङ्गुरबुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बीचको अवधिलाई लक्षितगरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा दर्जनौँ जनालाई नियन्त्रणमा लिएर उनीहरूलाई एक रात प्रहरी नियन्त्रणमा राखेर सम्झाइबुझाइ गरी अबदेखि नखेल्ने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइएको छ । उहाँले भन्नुभयो, “लङ्गुरबुर्जामा जितहार हुने भएकाले जुवाकै एक स्वरूप हो । यसमा मानिसले पैसा अनावश्यक रूपमा खर्च गर्ने गरेको पाइएको छ ।”

उहाँले लङ्गुरबुर्जाका कारण विगतमा झैझगडा हुने र खुकुरी हानाहानसम्मका घटना हुने गरेको सुनिने गरेको बताउनुभयो । यसले विद्यार्थीको पढाइमा असर पार्न सक्ने भएकाले प्रहरीले नियन्त्रण अभियानलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

एसपी पौडेलका अनुसार लङ्गुरबुर्जालाई जुवा ऐनमा स्पष्ट रूपमा उल्लेख नगरिएकाले खेलमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिने र खेलिरहेको अवस्थामा भेटिएकालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गर्ने गरिएको छ । तिहार आउन अझै बाँकी रहेकाले लङ्गुरबुर्जा नियन्त्रणका साथै पटका पड्काउनेलगायतका अवाञ्छित गतिविधि रोक्न प्रहरी सक्रिय रहेको उहाँले बताउनुभयो ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

    विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

  • एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

    एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

  • Post Thumbnail

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

    विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

    विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

    Post Thumbnail

    चितवनमा लङ्गुरबुर्जा नियन्त्रण अभियान

    Post Thumbnail

    भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution