
रूपन्देही, १६ कात्तिकः युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान, खेलकौशल विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा आइतबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौँस्थित हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका खेलाडी सहभागी छन् ।
सङ्घका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार प्रतियोगितामा १५ वर्षमुनि, १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । सङ्घका सचिव उदयकुमार मल्लिकले दुवै एकेडेमीका खेलाडीलाई खेल अभ्याससँगै प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै पर्यटन व्यवसायी अमितकुमार गुप्ताले सानै उमेरदेखि बालबालिकाले क्रिकेटप्रति देखाएको रुचि सकारात्मक रहेको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई खेल प्रशिक्षणमा सहभागी गराउनु नेपाली क्रिकेटको भविष्यका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीले प्रशिक्षकका सुझावलाई आत्मसात् गर्दै अनुशासन र निरन्तर अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो । पढाइलाई निरन्तरता दिँदै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न उहाँले खेलाडीलाई आग्रह गर्नुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य अमृत भट्टराईले युवा खेलाडीको क्षमता विकासका लागि नियमित प्रतियोगितामा सहभागिता आवश्यक रहेको बताउनुभयो । धेरै खेल खेल्ने अवसरले खेलाडीलाई नयाँ सीप सिक्न र आफ्नो कमजोरी सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |