
काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो ।
बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका समस्या तथा मधेस अडिट सम्बन्धमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलको प्रतिवेदन पेस भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । सो प्रतिवेदन अध्ययनपश्चात् पार्टीले आगामी कदम चाल्ने बैठकको निर्णय छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |