
सप्तरी, १४ कार्तिकः मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । फत्तेपुरम–५ गङ्गाजलीमा आज दुई दिने आदिवासी जनजाति साहित्य महोत्सको उद्घाटन गर्दै उहाँले कला एवं संस्कृति देशको पहिचान भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख लाभले भन्नुभयो, “एकले अर्काको संस्कृति र भाषालाई सम्मान गर्नुपर्छ । आदिवासी जनजाति, मधेसीलगायत सबैको अधिकार सुनिश्चित गरेर व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।” मुलुकको कुनै वर्ग समुदायको संस्कृति डुबेमा राष्ट्रियको अमूल्य गहना डुब्ने उहाँको भनाइ छ ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबाबु थापामगरले साहित्य समाजको ऐना भएकाले यसलाई निरन्तरता दिन हरेक पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको अधिकार संविधानमा लेखिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । अब अधिकार कागजमा होइन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ ।
मधेस प्रदेशका पूर्वमन्त्री राजकुमार लेखीले आदिवासी जनजातिको मुद्दा तीन तहको सरकारसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संविधान र तीन तहको सरकारले आदिवासी जनजातिलाई केही उपलब्धि भएको छ । संविधान र ऐनले अधिकार दिएपनि कार्यान्वयनका लागि आफै सचेत भई यसलाई दिगो बनाउन आवश्यक छ ।”
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |