Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

धादिङको शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने आगामी सोमबार चयन गरिने
प्रत्यूष ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
धादिङको शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

धादिङ, १४ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघ पुनर्गठन गरिएको छ । शुक्रबार सम्पन्न अभिभावक भेलाले भूमि डल्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरेको हो ।

विद्यालय परिसरमा आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावक प्रतिनिधिसमेत चयन गरेको छ । यसरी चयन हुने अभिभावकहरुमा सन्तोष पौडेल,चन्द्र कुमारी लायो मगर, चन्द्र कुमारी शाहि ठकुरी, डोर बहादुर सिँह ठकुरी र सरिता थापा घिमिरे रहेका छन् । समितिको अध्यक्ष भने आगामी सोमबार चयन गरिने कार्यक्रम रहेको छ ।

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो । गाउँपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलको संयोजकत्वमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ पुनर्गठनको प्रक्रिया सञ्चालन गरिएको हो ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको योग्यतासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार समिति गठन हुनुभन्दा अघिल्लो पाँच वर्षको अवधिमा राजनीतिक दलको सदस्यता लिएको व्यक्ति समितिको अध्यक्ष वा सदस्य बन्न अयोग्य हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, शिक्षक वा कर्मचारीबाट अवकाश पाएको दुई वर्ष पूरा नभएका व्यक्तिले पनि व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य बन्न नपाउने व्यवस्था छ । विद्यालयमा सञ्चालित सबैभन्दा माथिल्लो कक्षा वा सोसरहको परीक्षा उत्तीर्ण नगरेका व्यक्तिलाई समेत समितिमा रहने योग्यतासम्बन्धी प्रतिबन्ध लगाइएको छ ।

सरकारले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप घटाउने तथा विद्यालयको शैक्षिक प्रशासन र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नियमावली संशोधन गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा स्थानीय तहको शिक्षा शाखाको भूमिका रहने व्यवस्था गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, पठनपाठनको अनुगमन, पूर्वाधार व्यवस्थापन तथा विद्यालय र अभिभावकबीचको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको भूमिका रहने गर्दछ ।

  • बेनीघाट रोराङ गाउँपालिका
  • शंखादेवी माध्यमिक विद्यालय
  • १%
    प्रतिक्रिया दिनुहोस
    बेनिघाट रोराङ्ग गाउँपालिका सम्बन्धि थप
  • थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

  • Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

  • वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

  • अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

    अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    Post Thumbnail

    न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

    Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution