Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

तुलसीपुर बजारका सडकमा दाताहरूले ‘डिभाइडर’ दिएपछि…

राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुर बजारको गुम्राहचोकमा गत साउन २१ गते टिप्परको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका-११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भयो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

दाङ, १४ कात्तिकः राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुर बजारको गुम्राहचोकमा गत साउन २१ गते टिप्परको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका-११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भयो ।

कल्पनाको मृत्यु भएकै स्थानमा आठ दिनपछि तुलसीपुर-१४ ड्वाङपुरका ३३ वर्षीय कमलेश चौधरीको दुर्घटना परी मृत्यु भएको थियो । यी केही उदाहरण मात्रै हुन् । उक्त सडकमा डिभाइडर ( सडकलाई दुई वा सोभन्दा बढी भागमा छुट्टयाउने बीचको अवरोध वा संरचना) नहुँदा दिनप्रतिदिन यसरी दुर्घटना हुने गरेको थियो ।

पछिल्लो समय तुलसीपुरमा दुर्घटना बढेपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा यस क्षेत्रका उद्योगी, व्यवसायीले सहयोग अभियान सञ्चालन गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग भयो ।

ज्ञानज्योति एजुकेशन फाउन्डेसन तुलसीपुरले १५० थान, राप्ती लाइफ केयर हस्पिटल प्रालिले १०० थान, तुलसीपुर उद्योग वाणिज्य सङ्घ र राप्ती बबई क्याम्पसले ४४ थान, ग्रेट अरनीको इङ्ग्लिस मिडियम स्कुलले ३० थान, राप्ती परोपकार सङ्घले २० थान र डिभाइन टेम्पल एकाडेमीले २० थान डिभाइडर उपलब्ध गराएका हुन् ।

सोही कारणले अहिले तुलसीपुरको गुम्राहचोकमा मात्रै होइन, भिडभाड हुने सल्यानरोड, बसपार्कलगायत क्षेत्रमा पनि डिभाइडर राख्ने अभियान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । नागरिक र समुदायको रचनात्मक सहयोगले तुलसीपुरलाई सुरक्षित बनाउन सकिन्छ भन्ने उदाहरण यो अभियानलाई लिन सकिने उहाँको भनाइ छ । उहाँले अब भिडभाड हुने क्षेत्रमा सिसी क्यामेरा राख्ने विषयमा पनि यस्तै अभियान चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

डिभाइडर जडानपछि त्यस क्षेत्रमा हुने सडक दुर्घटनामा उल्लेखनीय कमी आएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शम्भु धितालले जानकारी दिनुभयो । सडक अुनशासन पालना गर्न डिभाइडरले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । सडक दुर्घटना न्यूनीकरण गर्नु समाजका हरेक नागरिक र संस्थाको दायित्व भएकाले आफूहरुले सहयोग गरेको ग्रेट अरनीको इङ्ग्लिस मिडियम स्कुलका अध्यक्ष मानबहादुर बस्नेतले बताउनुभयो ।

  • सल्यान
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

  • Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

  • विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution