
हुम्ला, १३ कात्तिकः भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काइएका बालबालिकालाई हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको छ । भारततर्फ लैजाँदै गर्दा गड्डाचौकी नाकाबाट फिर्ता गरिएका उनीहरूलाई विभिन्न निकायको समन्वय र पहलमा आज हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
बालबालिकालाई सुरक्षित रूपमा घर फर्काउन शान्ति बाल पुनःस्थापना गृह महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पहल गरेका थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाको आवश्यक सहयोग र समन्वयमा जिल्लामा ल्याइ आज परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढा तथा गाउँका अगुवाको सहयोगमा सबै बालबालिकालाई सकुशल जिल्ला पुर्याएर अभिभावकको जिम्मा लगाइएको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |