
कपिलवस्तु, १३ कात्तिकः कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ ।
वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको नौ सदस्यीय टोलीले खोजतलास गरेको थियो ।
प्रहरी टोलीले काठको गोलियाभित्रको खोक्रो भागमा स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल भरुवा बन्दुक फेलापारेको उहाँले जानकारी दिनुभयो । प्रहरीले ती बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ । बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |