Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (१ दिन अघि)
सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौँ, १३ कात्तिकः नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलका प्रमुख सहभागी ‘नेपाल–भारत १०औँ समन्वय’ बैठकमा अघिल्ला निर्णयको प्रगति पुनरावलोकन गर्दै रणनीति, ‘अपरेशनल’ र कार्यक्षेत्रका तहमा सहकार्य अभिवृद्धि गर्ने सहमति जुटेको हो ।

बैठकले दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै ‘बाउन्ड्री वर्किङ ग्रुप’ र ‘सर्भे अफिसियल्स कमिटी’को निर्णयअनुसार सीमास्तम्भको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न ‘फिल्ड’ मा समन्वय बढाउन दुवैपक्ष सहमत भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानलाई निरन्तरता दिइने दुबै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

सीमा सुरक्षा चुनौतीसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।

दशगजा क्षेत्रको निगरानीका लागि सिसीटिभी, प्रमुख सीमा नाकामा ‘लगेज स्क्यानर’ र ‘वाक–थ्रु मेटल डिटेक्टर’ राख्ने तथा आ–आफ्नो भू–भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘संयुक्त जलउद्धार अभ्यास’ सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

बैठकमा वैधानिक यात्रुको सहजताका लागि सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तरराष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने समेत सहमति भएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गर्नुभएको थियो ।

सन् २०१२ देखि पालैपालो दुवै देशमा समन्वय बैठक आयोजना हुँदै आएका छन् । आगामी बैठक भारतमा हुनेछ ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा स्थिति शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी र सशस्त्र सीमा बलका युनिटले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

  • Post Thumbnail

    लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

  • Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

  • Post Thumbnail

    न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

    Post Thumbnail

    लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

    Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution