
काठमाडौँ, १२ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित ट्राफिक नियन्त्रण आधारभूत तालिमको १५७ औँ समूहको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार भएर परिचालित हुन निर्देशन दिनुभएको हो ।
प्रमुख काफ्लेले सवारीसाधनको चाप बढ्दै गएकाले सडकमा हुने सम्भावित दुर्घटना रोक्न तथा नागरिकको सुरक्षाका लागि ट्राफिक प्रहरी थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिक प्रहरी कर्मचारीलाई आफूलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।
तालिमबाट प्रशिक्षार्थीको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालिममा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |