
जुम्ला, १२ कात्तिकः तिला गाउँपालिका–१, रारा गाउँका प्रकाश रावतलाई ह्लिचियर नहुँदा समस्या भएको छ ।
पुर्ण रूपमा शारीरिक अपाङ्गता भएका आड वर्षीय रावतलाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँड्डुल गर्न कठिन भएको प्रकाशका बुबा जग्गबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “छोराले बोल्ने र हिँडडुल गर्न सक्दैन, घर परिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभावहुँदा निकै कष्ट सहनुपरेको छ ।”
पाँच वर्ष अगाडि आईएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । नयाँ ह्लिचियरका लागि स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थालाई माग गर्दा पनि सुनुवाइ भएको छैन ।
नजिकको सरकार भनेकै गाउँपालिका हो । पालिकालाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गरेको छैन । स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिका लागि केही बजेट विनियोजन समेत नभएको रावतले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि यो वर्षबाट बजेटको व्यवस्थापन गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।
स्थानीय नन्दप्रसाद धितालले मापदण्ड अनुरूपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |