
काठमाडौँ, १२ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाजले जनकपुर बोल्ट्ससामु एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डुले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो । काठमाण्डुका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे ।
यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए ।
जारी प्रतियोगितामा जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यस्तै काठमाण्डु आफ्नो पहिलो खेल खेलिरहेको छ । एक सय १६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरले १५ ओभरमा दुई विकेट गुमाएर ९० रन बनाएको छ ।
प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ५ः०० बजे सुरु हुनेछ । आगामी मङ्सिर ५ गतेसम्म जारी रहने यस प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |