Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

अधिकांश मानिस निद्रामैः स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

बनेपा (काभ्रे), १२ कात्तिकः बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।

यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्

बिहान ३ः३० बजेसम्म च्याउ टिपिसकेपछि उहाँलाई उत्पादित च्याउ तरकारी बजारसम्म पु¥याउने चटारो हुन्छ । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उहाँले अँगाल्नु भएको व्यावसायिक च्याउखेतीको दैनिकी हो, यो ।

वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किनु भएका स्याङ्तान अहिले च्याउखेतीमार्फत आफ्नै गाउँठाउँमा भविष्य देखिरहनुभएको छ ।

विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उहाँलाई आफ्नै परिवारसँग बसेर च्याउ खेतीमा लाग्ने चाहना जाग्यो ।

लामो समय परदेशमा श्रम गर्दा परिवारसँगै बसेर सुखदुःख बाँड्ने अवसर कम भएपछि उहाँले स्वदेशमै केही गर्ने निर्णय गर्नुभयो । त्यसपछि विदेशमा अरूका लागि श्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोज्नुभयो ।

“विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुखदुःख भोग्दै, च्याउ खेतीमा लागेको हुँ”, स्याङ्तानले भन्नुभयो ।

परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लाग्नु भएका उहाँका लागि यो व्यवसाय नयाँ भने होइन ।

उहाँका बाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आउनु भएको थियो । परिवारले गर्दै आएको उक्त पेसा उहाँका लागि पुरानो थियो ।

विदेशबाट फर्किएपछि उहाँले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाउनुभयो । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उहाँको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।

करिब तीन रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गर्नु भएका स्याङ्तानले सुरुमा रु २० हजार लगानीमा पाँचवटा टनेल बनाउनुभएको थियो भने अहिले उहाँसँग २७ टनेल पुगेका छन् ।

उक्त टनेल निर्माणमा उहाँले रु २१ लाख ६० हजार लगानी भएको जानकारी दिनुभयो ।

व्यवसाय विस्तार हुँदै जाँदा आफ्नै पुँजीले नपुगेपछि सहकारीबाट ऋण लिनुभएको छ । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पु¥याउन निरन्तर मेहनतसँगै थप पुँजी आवश्यक परेको उहाँको अनुभव छ ।

कृषि व्यवसायमा उत्पादन बढाउन समय, श्रम र व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

व्यवसायमा उहाँलाई परिवारको साथ र सहयोग छ । बाआमा, भाइ र बुहारी मिलेर टनेलको काम तथा हेरचाह गर्नुहुन्छ । च्याउ टिप्ने, टनेलको हेरचाह गर्ने र उत्पादन व्यवस्थापन गर्ने काममा परिवारका सदस्यको सहकार्य रहँदै आएको छ ।

स्याङ्तान खेतीसम्बन्धी ज्ञान थप विस्तार गर्न सक्रिय हुनुहुन्छ । उहाँले अहिले अनलाइनमार्फत कक्षा लिइ रहनुभएको छ । परम्परागत अनुभवसँगै नयाँ प्रविधि र ज्ञान सिक्न सके उत्पादनलाई व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।

च्याउखेतीमा उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन । उत्पादित च्याउको गुणस्तर कायम राख्न नियमित हेरचाह र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

स्याङ्तानले च्याउलाई रोग तथा कीराबाट जोगाउन र टनेलभित्र आवश्यक वातावरण कायम राख्न विशेष ध्यान दिने गर्नु भएको छ ।

च्याउको बीउ राखेको करिब २१ दिनदेखि चार साताभित्र च्याउ टिप्न सकिन्छ । एक टनेलमा करिब ४४० प्याकेट राख्ने गरिएको छ । त्यसबाट एकलटमा करिब ८०० देखि ९०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ ।

एक वर्षमा एउटा टनेलमा दुईलटमा च्याउ उत्पादन गर्न सकिन्छ । उत्पादनको मात्रा बढाउन र गुणस्तर कायम राख्न टनेलको व्यवस्थापनदेखि च्याउ टिप्ने समयसम्म मेहनत गर्नुपर्छ ।

च्याउखेतीका लागि आवश्यक पराल डिलरमार्फत ल्याउने गरिएको छ । बीउ काठमाडौँ र भक्तपुरबाट खरिद गरिन्छ ।

खेतीका लागि आवश्यक सामग्रीको व्यवस्थापनदेखि उत्पादित च्याउ बिक्री गर्ने प्रक्रियासम्म जुट्नुपर्छ ।

करिव राति १ बजेदेखि च्याउ टिप्न सुरु गर्नुपर्छ । बिहान ३ः३० बजेदेखि ४ बजेसम्म टिपि सक्नुपर्छ । त्यसपछि तरकारी बजार खुल्ने बित्तिकै उत्पादित च्याउ बजार पु¥याउनु पर्र्छ ।

च्याउखेतीमा उत्पादनसँगै समय व्यवस्थापन र बजारसम्मको पहुँच उत्तिकै महत्त्वपूर्ण हुने गरेको छ ।

स्याङ्तानले उत्पादन गर्दै आउनु भएको कन्या (अयस्टर) च्याउ अहिले थोकमा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । बजारमा च्याउ बिक्री भए पनि उत्पादन लागत र आफ्नो श्रमअनुसार उचित मूल्य पाउन नसक्दा व्यवसायबाट अपेक्षित प्रतिफल लिन चुनौती भइरहेको छ ।

उहाँका अनुसार च्याउ बिक्रीबाट एक वर्षमा रु १३ लाखसम्म कुल आम्दानी हुने गरेको छ ।

उक्त रकम उत्पादन लागत, टनेल व्यवस्थापन, श्रम तथा अन्य खर्च कटाउनु अघिको आम्दानी हो । एउटा टनेलबाट एक वर्षमा उत्पादन हुने दुई लटको कुल आम्दानी करिब रु ५० हजार हुने उहाँले बताउनुभयो ।

गत वर्ष स्थानीय सरकारबाट अनुदान स्वरूप रु दुई लाख प्राप्त भएपछि व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

च्याउखेतीमा आवश्यक प्राविधिक ज्ञान, सीप, उत्पादन व्यवस्थापन र बजारसम्बन्धी सहयोग सँगै सरकारी अनुदान तथा सहुलियत पूर्ण ऋणको व्यवस्था हुन सके आफूजस्ता किसानलाई व्यावसायिक रूपमा अघि बढ्न थप सहज हुने उहाँ बताउनुहुन्छ ।

सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।

परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहनु भएका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ ।

  • काठमाडौँ
  • बनेपा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ह्विलचियर नहुँदा प्रकाशलाई समस्या

  • Post Thumbnail

    आलेखः अलकत्राको विकल्पमा अब सिमेन्टको कङ्क्रिट

  • Post Thumbnail

    मेची करिडोरको ठेक्का रद्द

  • Post Thumbnail

    कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

    Post Thumbnail

    किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड

    Post Thumbnail

    सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    Post Thumbnail

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution