
काठमाडौँ, १२ कात्तिकः लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।
सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो । मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण कार्य अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिनुभयो ।
हाल निर्माणस्थलमा सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । बाँकी सडकखण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कूल लम्बाइ सात दशमलव नौ किलोमिटर रहेको छ । जसमध्ये छ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ । अब बाँकी एक दशमलव चार किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
बाँकी सडकखण्डमा पनि निर्माण कार्यलाई तीव्रता दिँदै सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । लामो समयदेखि रोकिएको सडक निर्माण कार्य अघि बढेसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने र सडक पूर्वाधारमा सुधार आउने अपेक्षा गरिएको मन्त्री लम्सालले जनाउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |