Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तरराष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त हुनुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

काठमाडौँ, १२ कात्तिकः विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तरराष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त हुनुभएको छ ।

यसअगाडि (सन् २०२३–२०२६) मा सो जिम्मेवारी सामूहिक रुपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (युरोपेली सङ्घ) ले गर्नुभएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ वार्षिक सम्मेलनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव चापागाईंलाई एकल रुपमा सो जिम्मेवारीमा सर्वसम्मत चयन गरेको हो । परोपकारी एवं मानवीय सहयोगको सर्वाेच्च निकाय आइएफआरसीको महासचिव पदमा दोस्रो कार्यकालमा कार्यरत उहाँ ‘ग्लोबल एम्बेसडर’ हुनेमा पनि पहिलो नेपाली बन्नुभएको छ । उहाँले सन् २०२० मा पहिलो पटक आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँले आगामी दुई वर्ष ‘ग्लोबल एम्बेसडर’ का रुपमा विश्वव्यापी पहलको नेतृत्व र पैरवी गर्नुहुने जनाइएको छ । उहाँको ‘ग्लोबल एम्बेसडर’ को जिम्मेवारीले विश्वव्यापी मानवीय प्रणालीको सुधार, स्थानीय नेतृत्व र स्रोतको न्यायोचित वितरणसम्बन्धी बहसमा नेपालको परिचय बोकेको एक मानवीय नेताको भूमिकालाई अझ फराकिलो बनाएको छ ।

‘ग्लोबल एम्बेसडर’ चयनपछि उहाँले भन्नुभयो, “मैले सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस तथा रेडक्रिसेन्ट, र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य र साझा प्रतिबद्धतालाई बलियो बनाउने भूमिका निर्वाह गर्नेछु । यो जिम्मेवारी आइएफआरसीको महासचिवको भूमिकाभन्दा अलग र सम्पूर्ण ‘ग्रान्ड बार्गेन’ समुदायका तर्फबाट निष्पक्ष रूपमा निर्वाह गर्नेछु ।”

के हो ‘ग्राण्ड बार्गेन’ ?

‘ग्रान्ड बार्गेन’ ‘वोल्र्ड ह्युम्यानिटियरिन समिट–२०१६’ पछि सुरुआत गरिएको विश्वव्यापी मानवीय सुधार पहल हो । विश्वका ठूला ठूला दाता तथा मानवीय सहायताकर्मीबीच मानवीय सहायताको वितरणलाई चुस्त बनाउँदै दाताको प्रशासनिक प्रक्रियामा कम खर्च गरेर सिधै प्रभावित समुदायमा धेरै आर्थिक सहयोग गर्ने प्रतिबद्धताकोे सहमति हो ।

यसको मूल ध्येय मानवीय सहायता प्रणालीलाई अझ प्रभावकारी, दक्ष, समान, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउनु हो । यसको केन्द्रमा दाता, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तरराष्ट्रिय संस्था र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच काम गर्ने तरिका सुधार्दै सङ्कटबाट प्रभावित मानिस र समुदायसम्म स्रोत तथा निर्णय अधिकार अझ प्रभावकारी रूपमा पु¥याउने लक्ष्य छ ।

दश वर्षपछि ‘ग्रान्ड बार्गेन’ अब नयाँ चरणमा प्रवेश गर्दैछ । सन् २०२७ जनवरीदेखि यसले कलेक्टिभ एक्सन प्लेटफर्म फर दि ग्राण्ड बार्गेन (सिएपी –जिबी) का रूपमा काम गर्नेछ । नयाँ संरचनाले विशेषगरी गुणस्तरीय वित्तीय सहयोग, स्थानीयकरण र समान साझेदारीमा जोड दिनेछ । प्रभावित समुदायप्रतिको जवाफदेहिता र लैङ्गिक समानतालाई सबै क्षेत्रमा जोडिने विषयका रूपमा कायम राखिएको छ ।

निष्पक्ष भूमिका निर्वाह गर्नेछुः चापागाईं

‘ग्लोबल एम्बेसडर’का रूपमा चापागाईंको प्रारम्भिक कार्यकाल दुई वर्षको हुनेछ । उहाँको ‘ग्राण्ड बार्गेन’ लाई उच्च राजनीतिक तहमा आवश्यक पैरवी, प्रभाव र नेतृत्व प्रदान गर्दै स्थानीय तथा राष्ट्रिय संस्थाको आवाज विश्वव्यापी निर्णय प्रक्रियामा पु¥याउने जिम्मेवारी हुनेछ ।

साथै साताव्यापी वा संस्थागत छलफलमै सीमित नभई देश तहबाट प्राप्त अनुभव र प्रमाणलाई वरिष्ठ नीति निर्मातासम्म पु¥याउनु उहाँको भूमिकाको महत्वपूर्ण हिस्सा हुनेछ ।

चापागाईंले आफ्नो कार्यशैलीका लागि तीन स्पष्ट प्रतिबद्धता अघि सार्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले सुन्ने, सुनेका समस्या समाधान गर्न सक्ने निर्णयकर्तासम्म पु¥याउने र गरिएका प्रतिबद्धता वास्तवमै कार्यान्वयन भए कि भएनन् भनेर निरन्तर फलोअफ गरिरहनेछु ।” उहाँले नयाँ रणनीति वा थप प्रतिबद्धताको सूची बनाउनुभन्दा पहिले नै गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु प्राथमिकता हुने स्पष्ट पार्नुभएको छ । उहाँको अर्को मुख्य प्राथमिकता स्थानीय आवाजलाई केन्द्रमा ल्याउनु हुनेछ । ‘ग्लोबल एम्बेसडर’ चापागाईंले स्थानीय समुदाय र अग्रपङ्क्तिमा काम गरिरहेका संस्थाका अनुभव र आवाजलाई ‘ग्राण्ड बार्गेन’ को विश्वव्यापी मञ्च तथा नीति निर्माण प्रक्रियासम्म पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जिम्मेवारी ग्रहण गर्र्र्दै भन्नुभयो, “हाम्रो सफलताको मापन बैठक कोठामा हामीले कति प्रतिबद्धता ग¥यौँ भन्नेबाट होइन, मानिसले आफ्नो दैनिक जीवनमा वास्तविक परिवर्तन महसुस गरे कि गरेनन् भन्नेबाट हुनेछ ।”

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

  • मनास्लुको स्याउ गोदाममै थन्कियो

    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

    विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

  • आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

    Post Thumbnail

    कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

    Post Thumbnail

    एनपिएल –३ : आज दुई खेल हुँदै

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution