Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गोरखा

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गर्नुभयो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा, १२ कात्तिकः बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गर्नुभयो ।

गत असोस २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ । जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।”

लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गर्नुभएको छ । इन गोरखा प्रोडक्ट प्रालि नामक उहाँको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उहाँ बताउनुहुन्छ ।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ ।

“फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके”, उहाँले भन्नुभयो, “भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन । त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन ।” यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पु¥याउन करिब एकहप्ता लाग्छ । यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ । साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन् ।

हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलार्ई । “आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामी साह्रै मर्कामा छौँ”, व्यवसायी लाक्पा डुन्डुप भन्नुहुन्छ ।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन ।

  • गोरखा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

  • ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

    ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

  • विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

    विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

  • आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Post Thumbnail

    डडेल्धुरामा किबीखेती विस्तार

    Post Thumbnail

    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

    Post Thumbnail

    कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution