Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (२ घण्टा अघि)
हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती, ११ कात्तिकः नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो ।

उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिनुुभयो ।

किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवं पाल्तु जनावरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन थालेछन् । समग्र बस्ती नै रोगव्याधिबाट ग्रसित हुन थालेसँगै स्थानीय अर्याल थरका ज्योतिषी कहाँ हेराउँदा वनदेवीको पूजाआजा गरेमा सबै समस्याबाट मुक्त भइने भन्ने कुरा आएछ ।

भनिएअनुसार उक्त परिसरमा रहेको त्रिशूल जस्तो आकारको देखिने सालको रुखमुनि शिला स्थापना गरी वनदेवीको पूजाआजा गरिएछ । पूजा गरिएसँगै सबै किसिमका स्वास्थ्य समस्या अन्त्य भएको किंवदन्ती रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

त्यस समयदेखि नै यहाँ वनदेवीको निरन्तर पूजाआजा हुँदै आएको बताउँदै उहाँले यस आसपासका बहादुरगञ्ज, राजपानी, नागस्वती, अग्राठेलगायत क्षेत्रका बासिन्दाले अत्यन्त श्रद्धा भक्तिपूर्वक नियमित रुपमा पूजाआजा गर्दैै आएको जानकारी दिनुभयो ।

“मन्दिरमा विभिन्न भाकलसहित पूजाआजा गर्न आउनेको सङ्ख्या बढ्दो छ”, उहाँले भन्नुभयो, “श्रद्धा भक्तिका साथ पुजाआजा गरिएमा मनले चिताएको पुग्ने गरेको हाम्रा प्रत्यक्ष अनुभवहरू रहेका छन् ।

मन्दिर परिसरमा गणेश, ऋृषेश्वर महादेव, हनुमान, राधाकृष्ण आदि देवीदेवताका मूर्तिहरू रहेका छन् । विगतमा चैते दसैँका समयमा मेला लाग्ने गरेपनि पछिल्ला वर्षमा उक्त मेला लाग्न छोडेको स्थानीयवासी बताउँछन् ।

चैत शुक्ल अष्टमीदेखि नवमीसम्म मेला लाग्ने गरेको छ । मेलाका क्रममा बलि चढाइएको बोकाको मासु प्रसादस्वरुप वरपरका सबै स्थानीयवासीलाई बाँड्ने प्रचलन रहेको थियो ।

यसअघि मन्दिरमा मगर समूदायले हाँस तथा कुखुरा, क्षेत्री समुदायले बोका, नेवारले राँगाको बलि दिने प्रचलन रहेको ढकालले जानकारी दिनुभयो । बडादसैँ, चैतेदसैँसहित विभिन्न तिथिमिति र पर्व विशेषमा पूजाआजा हुने गरेको यस मन्दिरमा अन्य कुनै आर्थिक स्रोत नभए पनि भक्तजनबाट गरिएका दान तथा सहयोगले नियमित पूजाआजा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

यसअघि स्थानीय गिरिराज ढकालले बनाइदिनुभएको मन्दिर भूकम्पका कारण क्षतिग्रस्त बनेसँगै स्थानीय समाजसेवी दलबहादुर खड्काले रु एक करोड ६४ लाख लागतमा हालको मन्दिर निर्माण गरिदिनुभएको हो ।

मन्दिरमा यस अघि २०८१ साल माघ १२ गतेदेखि २० गतेसम्म विशेष धार्मिक अनुष्ठान लगाइएको थियो । हेडौँडा महानगरपालिका–७ का पूर्ववडाध्यक्ष राजन थापाका अनुसार हेटौँडाको बस्ती विकासको इतिहासको साक्षी यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

विभिन्न मनोकांक्षका साथ हेटौँडा र आसपासका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो । वनदेवी मन्दिरलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको छ ।

वनदेवी मन्दिरको दिगो र व्यवस्थित सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको छ । पछिल्ला समयमा यस क्षेत्रबाट स्थानीयवासीले विभिन्न किसिमको सहयोग स्वतस्फुर्त रुपमा सहयोग गर्ने गरेका छन् । मन्दिरको अक्षयकोषमा रु २० लाख जम्मा भइसकेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

“मन्दिरको पूजाआजा तथा सरसफाइमा मासिक न्यूनतम रु २५ हजार खर्च लाग्ने गरेको छ तर मन्दिरको आम्दानीको अन्य कुनै स्रोत छैन”, उहाँले भन्नुभयो, “भक्तजनको स्वतस्फुर्त सहयोगसँगै आउने दान सहयोग नै मन्दिर सञ्चालनको मुख्य आधार हो ।”

मन्दिरमा नियमित पूजाआजासहित दैनिक चण्डीपाठ, राधाकृष्ण मन्दिरमा विष्णुु सहश्रनाम पाठ, अखण्ड दीप प्रज्वलन आदि भइरहेको उहाँले जानकारी दिनुभयो ।

  • बागमती
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

  • Post Thumbnail

    शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

  • बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रे रेडक्रसमा ‘ह्वाइट–ब्लड’बाहेक रगतको मौज्दात शून्य

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    Post Thumbnail

    एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution