
भद्रपुर (झापा), ११ कात्तिकः झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ । भदौमा चार जनाको मृत्यु भएकामा असोजमा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, भदौमा १३५ जना घाइते भएकामा असोजमा यो सङ्ख्या बढेर २४७ पुगेको छ ।
यसअघि साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाउँछ । यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने साउनको तुलनामा भदौमा घटेको थियो ।
प्रहरीका अनुसार भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ चालकको लापरवाहीका कारण भएका थिए । असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएको विवरणमा उल्लेख छ ।
यसैबीच, असोजमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३ सवारीसाधन कारबाहीबाट रु २० लाख ५१ हजार ५०० राजस्व सङ्कलन भएको प्रहरीेले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |