Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

भोजपुर, १२ कात्तिकः ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ ।

गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो । पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार, परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका स्थानीयलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।

ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै अध्यक्ष बस्नेतले विद्युतीय चुलोको प्रयोगले आयातीत खाना पकाउने ग्यासको खपत घटाउने, दाउराको प्रयोग न्यूनीकरण गर्ने तथा समय बचत हुने बताउनुभयो ।

विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । त्यसको प्रयोगबाट घरभित्रको वायु प्रदूषण घट्ने तथा खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।

केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् (एमसिबी) जडान गरिएका परिवारलाई मात्रै चुलो वितरण गरिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो वितरण गरिएको गाउँपालिकाको भनाइ छ ।

ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भएसँगै विद्युतीय उपकरणको प्रयोग बढाउँदै स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने गाउँपालिकाले जनाएको छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भ¥याङ चढेर कैदी भागेपछि…

  • Post Thumbnail

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

  • Post Thumbnail

    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ह्विलचियर नहुँदा प्रकाशलाई समस्या

    Post Thumbnail

    आलेखः अलकत्राको विकल्पमा अब सिमेन्टको कङ्क्रिट

    Post Thumbnail

    एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

    Post Thumbnail

    झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution