
काठमाडौँ, १० कात्तिक (रासस) : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् ।
यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले १/१ विकेट लिए । जारी संस्करणमा विराटनगर र चितवन पहिलो खेल खेलिरहेका छन् । आज नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् ।
जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । जारी सिजनको एनपिएलमा पनि आठवटा टोलीको सहभागिता रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |