Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ दिन अघि)
Post Thumbnail

मुस्ताङ, १० कात्तिक : व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो ।

केही महिनादेखि पोखरा÷काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको थियो । घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडकमार्ग सञ्चालन भएको थियो ।

दसैँको अन्तिम समयमा सडक सञ्चालन भएसँगै मुस्ताङको स्याउ एकैसाथ बजार पुर्याउँदा व्यापारीलाई स्याउ बिक्री गर्न समस्या परेको हो । मुस्ताङमा स्याउको व्यापार गर्दै आइरहेका धादिङ खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यसपटक भने स्याउ नबिकेर तनाबमा परेको बताउनुहुन्छ । उहाँले मुस्ताङबाट एक करोड बढी मूल्यको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको छ भन्नुभयो ।

“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु”, व्यापारी तामाङ भन्नुहुन्छ, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन ।” मुस्ताङको स्याउ एकैपटक बजारमा ल्याउनुपर्दा गोदाम र मन्डी भरिएकाले स्याउको खपत हुन नसकेको हो । मुस्ताङमा यसवर्ष स्याउको उत्पादन राम्रो भएपनि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यहाँको स्याउ बजारमा बिक्री हुन कठिन भएको हो । यसवर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

विगतमा असोज अगावै मुस्ताङका स्याउ बिक्री भइसक्थ्यो । यसपाला सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ एकैसाथ बजार पुग्दा मूल्य र बिक्रीमा ह्रास आएको हो । यसवर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोज महिनाभित्र सबै स्याउ बिक्री भइसक्नुपर्नेमा आधा मात्रै स्याउ बिक्री गरेको बताउनुहुन्छ ।

‘‘दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, किसान गुरुङले भन्नुभयो, “स्याउ खपत हुन नसक्दा बढी पाकेर स्याउ बोटबाटै झरेर नष्ट भइरहेको छ, ४०० टन जति स्याउ कोल्ड स्टोरमा राखेको छु ।”

गतवर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यसपाला स्याउ खपत हुने सिजन सकिन लागेकाले चिन्ता बढेको उहाँले बताउनुभयो । यसवर्ष छिटो पाक्ने स्याउ भदौ १२ र ढिलो पाक्ने स्याउ भदौ २२ गतेबाट टिपाइ गर्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो ।

सोही निर्णयअनुसार हरितालिका तीज पर्वको अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङले हालसम्म ५० प्रतिशत स्याउ पोखरा–काठमाडौँ लगायतका सहरमा निकासी भएको जनाएको छ ।

कृषि तथा पशु विकास कार्यालय प्रमुख डा लालमणि अर्यालका अनुसार यसवर्ष सडक अवरुद्धका कारण मुस्ताङको स्याउलाई बजारीकरण गर्नमा केही समस्या परेको बताउनुभयो ।

बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ ।

  • काठमाडौँ
  • धादिङ
  • मुस्ताङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • Post Thumbnail

    सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

  • Post Thumbnail

    शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

  • बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा दश विदेशी पक्राउ

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    Post Thumbnail

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution