
हुम्ला, ९ कात्तिक : अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ । झण्डै छ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । अदानचुली गाउँपालिकाको करिब रु ३० लाख लगानीमा उक्त भवन निर्माण सम्पन्न भएको हो । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।
भवनको उद्घाटनसँगै स्थानीयवासीमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन हुने अपेक्षा गरिएको सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण समितिका अध्यक्ष राजबहादुर दानीले बताउनुभयो ।
भवन उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकाको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकामा जनताको अपेक्षाअनुसार काममा ढिलाइ भइरहेको बताउनुभयो ।
भौगोलिक विकटताका कारण विकास निर्माणमा केही ढिलाइ हुन गएको पालिकाले जनाएको छ । सांस्कृतिक सङ्ग्रहालय भवनको उद्घाटनसँगै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |