Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताउनुभएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

गण्डकी, ९ कात्तिक : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताउनुभएको छ ।

पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । “विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ ।”

मुलुकको आर्थिक विकाससँगै रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । पर्यटनमा नेपालले अथाह सम्भावना बोकेको उल्लेख गर्दै सभामुख अर्यालले विश्व पर्यटन बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पर्यटन विधेयक अगाडि बढेको जनाउँदै उहाँले कानुन निर्माण प्रकृयामा पर्यटन व्यवसायीलगायत सरोकार भएका पक्षको चासो र सरोकारलाई समेटिने बताउनुभयो ।

“कुनै पनि कानुन निर्माण हुँदा पर्यटनसँग सम्बन्धित विषयमा यहाँहरूले पनि चासो लिनुहोस्, आवश्यकताका आधारमा कानुनलाई परिमार्जन र संशोधन गर्न सकिन्छ”, सभामुख अर्यालले भन्नुभयो, “सरोकार भएका पक्षलाई जानकारी नदिई र छलफल नगरी कुनैपनि कानुन बन्नुहुँदैन ।” सरकारले पोखरा, चितवन, बर्दियालगायत ठाउँको पर्यटन विकासलाई विशेष महत्त्वका साथ लिएको उहाँले बताउनुभयो ।

सो अवसरमा पोखरा पर्यटन परिषद्का तर्फबाट दिगो पर्यटन विकाससँग सम्बन्धित १० बुँदे माग समेटिएको ध्यानाकर्षणपत्र सभामुख अर्याललाई बुझाइएको थियो । परिषद्का अध्यक्ष हरि भुजेलले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षणपत्रमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हालै सुरु भएको दुबई–पोखरा–दुबई उडानलाई दिगो र प्रभावकारी बनाउनुका साथै पोखराबाट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडानका लागि पहल गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जानेहरूका लागि श्रम स्वीकृति, भिसा प्रक्रियालगायत सेवा पोखराबाटै प्रदान गर्नुपर्ने, पोखराको लेकसाइडमा रहेका विभिन्न होटल तथा व्यावसायिक भवनको सम्पन्नता तथा अभिलेखीकरणमा लाग्ने करको दरमा सहुलियत दिनुपर्ने, पोखराको लेकसाइडमा रहेको रत्नमन्दिरलाई सङ्ग्रहालयको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्नुपर्ने, फेवातालको जलाधार क्षेत्र संरक्षणलगायतका माग सम्बोधनका लागि पहल र सहजीकरण गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ ।

ध्यानाकर्षणपत्र ग्रहणपछि सभामुख अर्यालले पर्यटन व्यवसायीहरूले उठाएका जायज मागको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

  • गण्डकी
  • चितवन
  • प्रतिनिधिसभा
  • बर्दिया
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चीनको छेन्दुमा चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक लोकार्पित

  • Post Thumbnail

    दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

  • गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

  • पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चीनको छेन्दुमा चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक लोकार्पित

    Post Thumbnail

    दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    Post Thumbnail

    एनपिएल : सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution