Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (५ घण्टा अघि)
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन, ९ कात्तिकः दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।

क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गै गैँडा संरक्षणमा क्लब लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ ।”

यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ । चितवन मेडिकल कलेजको भगिनी संस्था ‘चितवन राइनोज’ले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको ‘चितवन राइनोज’दोस्रो संस्करणमा सातौँ बनेको थियो । अहिले पहिलो बन्ने तयारीसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो । चितवन राइनोजको समर्थनमा चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकको चित्वन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

‘चितवन राइनोज’ले संरक्षणमा जोड दिँदै विभिन्न स्थानीय क्लबहरुलाई सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग पनि गरेको यस क्लबले जिल्लामा हुने साङ्गीतिक कार्यक्रमहरुमा प्रायोजकका रुपमा सहकार्य गर्ने गरेको क्लबका निर्देशक देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवद्र्धनमा हामी लागेका छौँ ।”

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताउनुभयो उहाँले भन्नुभयो, “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।” खेलले अनुशासित बनाउने जनाउँदै उहाँले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताउनुभयो ।

‘चितवन राइनोज’ खेल मैदानमा तयारी गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ । सडक किनारका पोल, होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ ।

आजबाट एनपिएलको तेस्रो सिजनको खेल सुरु हुँदैछ ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

  • रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

    रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

  • Post Thumbnail

    दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

  • Post Thumbnail

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

    Post Thumbnail

    लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

    Post Thumbnail

    यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

    उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

    उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution