
भद्रपुर (झापा), ९ कात्तिकः दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन् । आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ ।
प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |