Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अछाम

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम, ९ कात्तिकः सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिनुभयो । रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ । प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन् । हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन् ।

खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो ।

खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन भइरहेको क्ल्बले जनाएको छ ।

रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरुको पहिलो रोजाइको गन्तव्य रामारोशन हो । अहिले दैनिक जसो सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु रामारोशन घुम्न आउने गरेका छन् ।

ठाउँ सुन्दर ,रमणिय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहँुदा निकै सास्ती खेप्नु परेको पर्यटकहरुले गुनासो गर्ने गरेका रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताउनुभयो ।

रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरु पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरु घुम्न आउने गरेका विकको भनाइ छ ।

‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरु र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन् । रामारोशन धार्मिक र पर्यटकीय रुपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । धार्मिक रुपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरुको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ । त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ ।

  • अछाम
  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

  • Post Thumbnail

    दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

  • Post Thumbnail

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

  • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution