Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आलेखः रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ (स्याङ्जा), ६ कात्तिक । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (१ दिन अघि)
आलेखः रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ (स्याङ्जा), ६ कात्तिक । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषकले विकल्पको रूपमा गड्यौले मलको प्रयोग गर्नतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सुक्ष्म पोषक तत्वलगायत सुक्ष्म तत्व अधिकमात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो ।

गड्यौले मल एक प्रकारको जैविक मल हो, जुन केही विशेष प्रकारका गड्यौला प्रयोग गरी उत्पादन गर्ने गरिन्छ । गड्यौलालाई खानाको रूपमा गाई, भैंसीको गोबर, घरबाट निस्केका सड्ने गल्ने खालका तरकारीका छिल्का, बोक्रा, पात, केराको थाम प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय किसानले रासायनिक मलबाट बिग्रेको माटोलाई अर्गानिक गड्यौले मल तथा कम्पोष्ट मलको प्रयोग गरी माटोको जीवन बचाउनका लागि पनि गड्यौले मलको प्रयोगलाई बढाउँदै लगेका छन् ।

कृषकले समयमा रासायनिक मल नपाउने र गड्यौले मललाई विकल्पको रूपमा प्रयोग गर्ने सकिने भएकाले स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादन थालिएको छ । वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादनमा जोड दिएसँगै कृषक यसतर्फ आकर्षित भएका हुन् । २०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि सहकारीमा आवद्ध रहेका शेयर सदस्य तथा अगुवा कृषकलाई भेला गरी गड्यौले मलको व्यावसायिक उत्पादन र त्यसबाट हुने आम्दानीका बारेमा प्रशिक्षण सञ्चालन गरेसँगै यहाँका कृषक व्यावसायिक रूपमा अगाडि बढेका संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।

सहकारीले सुरुका दिनमा शेयर सदस्य तथा अगुवा २६० जना कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपश्चात उनीहरुलाई गड्यौलाको बीउ तथा गड्यौला पालनका लागि आवश्यक पर्ने पिट उपलब्ध गराएको थियो । सहकारी आफैँले पनि जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ । “सहकारीमार्फत उत्पादन भएको गड्यौलाको बीउ तथा गड्यौलाको मल बिक्री हुँदै आएको छ” अध्यक्ष गुरुङले भन्नुभयो, “सुरुका दिनमा गड्यौलाको मलका बारेमा कृषकलाई बुझाउन समस्या थियो, पछिल्लो समय बुझेपछि माग अनुसार पु¥याउन हम्मेहम्मे परेको छ ।”

सहकारीमा आवद्ध कृषकले उत्पादन गरेको गड्यौले मल तथा बीउ कृषक आफैँले पनि बिक्री गर्न सक्ने र बिक्री गर्न नसकेको खण्डमा सहकारीमार्फत बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ । कृषकले उत्पादन गरेको मल उहाँहरुले आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्ने र बाँकी रहेको मल बिक्री गरेर आम्दानी लिनसक्ने भएकाले कृषक पछिल्लो समय गड्यौले मलतर्फ आकर्षित भएका हुन् ।

सहकारीले वालिङ–८ खेलमैदान नजिकै पाँच वर्षलाई तीन रोपनी जग्गा भाडामा लिएर गड्यौले मल तथा बीउ उत्पादन गरिरहेको छ । ठूला २७ र साना १८ वटा गरी कूल ४५ वटा पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको हो । सहकारीमार्फत मासिक छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको मल शेयर सदस्यलाई प्रतिकेजी रु ३० र अन्य उपभोक्तालाई प्रतिकेजी रु ३५ का दरले बिक्री गर्दै आएको छ । “रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिंदै गएको छ” अध्यक्ष गुरुङले भन्नुभयो, “रासायनिक मलको जथाभावी प्रयोगमा न्यूनीकरण गर्दै माटो बचाउनुका साथै वातावरण संरक्षण गर्ने लक्ष्य र उद्देश्यसहित अगाडि बढेका छौँ ।”

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा थालेको गड्यौला मल तथा बीउ उत्पादनकार्यमा वालिङ नगरपालिकाको कार्यालय, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेशनल, आस्क नेपाल, आइडिई नेपाललगायतका सङ्घसंस्थाहरुले आर्थिक, प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएका छन् । सहकारीमार्फत गड्यौले मल तथा बीउको व्यावसायिक उत्पादनसँगै यसको अध्ययन अवलोकनका लागि टाढा–टाढाबाट विभिन्न सङ्घसंस्था तथा कृषक समूहहरु आउने गरेका छन् । यहाँ सिकेका सीपलाई आफ्नो ठाउँमा लगेर प्रयोग गर्न थालेसँगै यसलाई गड्यौले मल तथा बीउको अध्ययन पाठशालाकोरूपमा विकसित गर्ने गरी योजना अगाडि बढाइरहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

नयाँ र नौलो प्रकृतिको व्यावसायप्रति पछिल्लो समय आकर्षण बढ्दै जाँदा आम्दानीको स्रोतको रूपमा पनि गड्यौले मल तथा बीउलाई लिन थालिएको छ । पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्माले पनि गड्यौले मल उत्पादन थाल्नुभएको छ । एकीकृत हातेमालो समाज नेपाल नामक संस्थामा आवद्ध व्यावसायिक कृषक बर्माले वालिङमा गरिएको गड्यौलापालनको अवलोकनपछि प्रेरित भई गड्यौलापालन थाल्नुभएको हो । “झण्डै १२ कट्ठामा व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएको छु” उहाँले भन्नुभयो, “काँक्रा खेतीमा रासायनिक मलको प्रयोग गर्दा उत्पादन खासै राम्रो भएन, गड्यौले मलको प्रयोगले उत्पादन दोब्बर भयो, माटोको उर्वराशक्ति पनि बढेको महशुस गरेको छु ।”

अहिले आफूलाई पुग्ने गरीमात्रै गड्यौले मल उत्पादन गर्नुभएका बर्माले आगामी दिनमा उत्पादन वृद्धि गर्ने योजनामा हुनुहुन्छ । उत्पादन वृद्धि भएसँगै आफूले प्रयोग गरेर रहेको मल बिक्री गर्ने सोचमा उहाँ हुनुहुन्छ । “पछिल्लो समय गाउँघरबाट गाईगोरु, भैंसी पाल्ने क्रम हराउँदै गएको छ” बर्माले भन्नुभयो, “खेतीपातीका लागि मल नभई भएन, मलका लागि गड्यौलापालन उपयुक्त लाग्यो, वालिङ गएर हे¥यौं र फर्केसँगै अहिले गाउँमा गड्यौलापालन गर्ने धेरै हुनुहुन्छ, अरु पनि क्रमशः जोडिदै हुनुहुन्छ ।”

स्याङ्जाको वालिङ–५ पित्लेकस्थित जनकल्याण कृषि सहकारीमा आवद्ध व्यावसायिक कृषकले पनि गड्यौलापालन गर्दै आएका छन् । कृषिको पकेट क्षेत्रकारूपमा पहिचान बनाएको पित्लेकका कृषकले आफ्नो बारीमा तरकारीबालीमा प्रयोग गर्नका लागि गड्यौला मल उत्पादन गर्दै आएका हुन् । यहाँका कृषकले व्यावसायिक रूपमा पनि गड्यौलापालन गर्दै आएका सहकारीका व्यवस्थापक एवम् अगुवा कृषक हुमनाथ लामिछानेले बताउनुभयो । “सहकारीमा आवद्ध ८÷१० जना कृषकले गड्यौलापालन गर्दै आउनुभएको छ” कृषक लामिछानेले भन्नुभयो, “उहाँहरुले तरकारी उत्पादनका लागि प्रयोग गर्नुहुन्छ भने बाँकी रहेको मल वालिङ प्रोडक्ट होल्डिङमा प्रतिकेजी रु ३० का दरले बिक्री गर्नुहुन्छ ।”

गड्यौलाको बीउ प्रतिकेजी रु एक हजार ७०० का दरले बिक्री गरेको कृषक लामिछानेले बताउनुभयो । लगानी र मिहेनत कम लाग्ने तर गड्यौला र मल दुबै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको हो । गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने, स्वस्थ र अर्गानिक उत्पादनमा सहयोग पुग्ने र माटोको उर्बराशक्ति बढाउने भएकाले यहाँका कृषक गड्यौलापालनतर्फ आकर्षित भएका कृषक लामिछाने बताउनुहुन्छ । कृषक लामिछानेले तीन वटा पिटबाट वार्षिक रूपमा पाँच हजार केजीभन्दा बढी मल उत्पादन गर्दै आउनुभएको छ । मलबाहेक गड्यौलाको बीउ पनि बिक्री गरी राम्रो आम्दानी हुने गरेको छ ।

बजारबाट गड्यौले मल किनेर तरकारी उत्पादनमा प्रयोग गर्दै आउनुभएका वालिङ–८ का व्यावसायिक कृषक फालचन्द्र कोइरालाले केही दिन अघिदेखि गड्यौला पाल्न सुरु गर्नुभएको छ । छ ।

  • नवलपरासी
  • वालिङ
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    डोम समुदायका पेसा सङ्कटमा

  • बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

    बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

  • बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

    बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

  • Post Thumbnail

    सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    Post Thumbnail

    धान थन्काउन किसानलाई चटारो

    Post Thumbnail

    थापालाई विशिष्ट प्रतिभा सम्मान, रानाहँछालाई प्रतिभा पुरस्कार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution