
काठमाडौँ, ७ कात्तिकः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान गीतकार शिवशङ्कर थापा मगर र प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेस र महासचिव चोक गुरुङद्वारा जारी विज्ञप्तिका अनुसार थापालाई रु एक लाख राशिको विशिष्ट प्रतिभा सम्मान र रानाहँछालाई रु एक लाख राशिको प्रतिभा पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कार आगामी मङ्सिरमा काठमाडौँमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
विसं २००३ वैशाख १५ गते धनकुटाको चुलीवन, डाँडागाउँमा जन्मनुभएका थापा युवा अवस्थादेखि नै गीत लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले २०२० सालदेखि गीत लेख्न थाल्नुभएको थियो । २०२६ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराउनुभएका उहाँका गीत २०२८ सालदेखि रेडियो नेपालबाट प्रसारण हुन थालेका थिए ।
यसैगरी, २०३७ सालमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडामा जन्मनुभएका रानाहँछा साहित्य लेखन र कलाकारितामा सक्रिय हुनुहुन्छ । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्दै आउनुभएका उहाँले गीत, कविता, कथा तथा चलचित्रका पटकथा लेखनमा समेत योगदान पुर्याउनुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |